कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष स्थापना गरिने

कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष स्थापना गरिने

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ। 

महासङ्घको सोमबार जुममार्फत बसेको बैठकले कर्णालीका पत्रकारहरूको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो।

महासङ्घ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराईले कोरोना भाइरसले कर्णालीका पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभाव र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा बैठक केन्द्रित भएको बताए। उनका अनुसार कोष स्थापनामा सहयोग गर्न सञ्चार उद्यमी, निजी क्षेत्र र तीनवटै तहका सरकारसँग सहयोगको अपिल गरिनेछ। 

बैठकले कर्णालीका विभिन्न जिल्लाका पत्रकार दिनहुँ कोरोना सङ्क्रमित हुने सङ्ख्या बढिरहेकामा चिन्ता व्यक्त गर्दै पत्रकारलाई कोरोनाविरुद्धको लडाइँमा ‘फ्रन्टलाइनर’ घोषित उनीहरूको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्ध गर्न प्रदेश र सङ्घ सरकारसँग माग गरेको छ।

त्यस्तै कोरोना सङ्क्रमण वा अन्य कुनै गम्भीर अवस्थाका बिरामी पत्रकारको आपतकालीन उद्धार तथा उपचारका लागि महासङ्घका तर्फबाट सहजीकरण गर्न कोषाध्यक्ष गणेशकञ्चन भारतीलाई सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ।रासस

Skip This
Skip This
Logo