नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसकाे जानकारी दिएकाे हाे। मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशत(३४ वटा) मा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार भारतमा भेटिएका 'डबल' र 'ट्रिपल म्युटेन्ट' कोरोना भाइरस नेपालमा फेला परेको हो। भारतमा यी भाइरसलाई भेरियन्ट B.1.617.2 र B.1.617.1 नामाकरण गरिएको छ ।
थप भेटिएका दुई नयाँसहित नेपालमा तीन किसिमका नयाँ भेरियन्ट पुष्टि भएको पनि मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले मे १० मा विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरेको थियो।
.jpg)































प्रतिक्रिया