काठमाडौंमा फेरि पनि भूकम्प गएको छ । बिहान ८ बजेर २७ मिनेटमा भूकम्प गएको हो ।
आज बिहान पनि लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पले केही ठाउँमा क्षति पुगेका समाचारहरु प्राप्त भएका छन् ।
लमजुङ जिल्लाको बेशिसहर नगरपालिकामा घर भत्किएर एकजना घाइते भएका छन्।
मर्स्याङ्दीमा पनि भूकम्पले क्षति पुगेको छ। माटोले बनेका पुराना घरहरु भत्किएका हुन् । मानवीय क्षति भने भएको छैन । थप विवरण आउन बाँकी छ ।
आज बिहान ५.४२ बजे लमजुङ केन्द्र बनाएर ५.८ रेक्टर स्केलको भूकम्प भएको थियो। भूकम्प गएको थाह पाए लगत्तै लमजुङमा भागाभाग भएको थियो । त्यसको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो।
याे पनि
अपडेटः भूकम्पले लमजुङमा घर भत्कियो, एक जना घाइते































प्रतिक्रिया