एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चद्वारा आठ स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण

एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चद्वारा आठ स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चले रामेछाप जिल्लाका आठवटै स्थानीय तहलाई कोरोना  महामारीविरुद्ध लड्नका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण  गरेको छ।

रामेछापका दुई नगरपालिका र ५ वटा गाउँपालिकाका कार्यालयमै पुगेर सम्पर्क मञ्चले काठमाडौंमा संकलन गरेका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको मञ्चले जनाएको छ।

सबै स्थानीय तहलाई दुई दुई हजार थान मेडिकल मास्क, १५ लिटरका दरले स्यानिटाइजर र पाँच पाँच थान पिपिई सेट महामारीसँग जुध्न सहज होस् भनेर वितरण गराइएको नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष टेकबहादुर श्रेष्ठले बताए। 

उनका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको रोहबरमा स्वास्थ्य शाखा प्रमुखलाई ती सामाग्री बुझाइएको छ। सम्पर्क मञ्चको टोली सामाग्री वितरण गरेर काठमाडौं फर्किएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए। 

उमाकुण्ड, लिखु तामाकोशी, गोकुलगंगा, खाँडादेवी, दोरम्बा र सुनापाति गाउँपालिका तथा मन्थली र रामेछाप नगरपालिकामा ती सामाग्री हस्तान्तरण गरिएका छन्।

Skip This
Skip This
Logo