ताप्लेजुङ जिल्लाका विभिन्न क्षेत्रमा पनि कोरोना फैलिरहेको अवस्थामा आफ्नो गाउँलाई सुरक्षित राख्ने उद्देश्यले सिरिजंघा गाउँपालिका वडा नं. ६ मामाङ्खेको मामाङ्खे सहायता समाज र देश विदेशमा छरिएर रहका सम्पूर्ण मामाङ्खेवासीहरुको साझाअभियानबाट मामाङ्खे, कोभिड १९ रिलिफ फण्ड खडा गरि स्वास्थ्य सामाग्री वितरण गरिएको छ।
सामाग्री वितरणका लागि ईन्जिनियर डिल्लीराज मावोको संयोजकत्वमा संचालन गरिएको फण्ड संकलन अभियानमा मुख्यगरि साउदीबाट दुर्गा मावो, अमेरिकाबाट घनेन्द्र मावो, जापानबाट प्रदीप मावो, कोरियाबाट सुरेन्द्र मावो र रमेश वर्देवाको सक्रियतामा चार लाख ५० हजार बराबरको रकम संकलन भएको थियो।
पहिलो चरणमा दुई लाख पचास हजार बराबरको स्वास्थ्य सामाग्री, मास्क, सेनिटाइजर, पिपिइ सेट, पल्स अक्सिमिटर, सेनिटाइजर स्प्रे केन, थर्मगन, ग्लोप्स, साबुन, इम्युनवुस्टप, फेस मास्क, लगायतका आधारभुत स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको अभियानका अभियन्ता चित्र मावोले जानकारी दिए।
जेठ ७ गते प्रत्येक घरधुरी, स्वास्थ्यचौकी र सार्वजनिक निकायमा ती सामाग्री वितरण गरिएको हो । मामाङ्खेको प्रवेशद्वार फुम्फे डाँडामा मामाङ्खे सहायता समाज, वडाका प्रतिनिधि साथै स्वास्थ्यचौकीका प्रतिनिधिलाई सामान हस्तान्तरण गरिएको थियो। यस फण्डबाट तयारी अवस्थाका लागि अक्सिजन सिलिन्डर, टेस्ट किड लगायत आवश्यक सामाग्रीहरु पछिल्लो चरणमा खरिद गरिने बताइएको छ।
फन्डबाट वितरण गरिएको पहिलो चरणको समाग्रीमा माक्स कपडाको १,००० थान, सर्जिकल माक्स १० वक्स, सेनिटाइजर ३०० वटा र ५ लिटर पिपिइ सेट ८ थान, पल्स अक्सिमिटर ३ थान, सेनिटाइजर स्प्रे केन २ थान, थर्म गन ३ थान, ग्लोपस १० वक्स, साबुन १००० पिस इम्युनवुस्टप १०० फाइल, फेस मास्क १५ थान रहेका छन्।
मामाङ्खे, कोभिड–१९ रिलिफ फन्ड, संचालक समितिका कोषाध्यक्ष रोमा लिम्बु, सचिव कैलास लिम्बु र सदस्य युन्छोहाङ लिम्बुले वडाध्यक्ष सुखराज मावो, लक्ष्मी माविका प्रअ लक्ष्मीप्रसाद मावो लगायतले सामाग्री वितरण गरेका थिए । साथै नागरिक अगुवा तथा समाजसेवीहरु टिका मावो, धनबहादुर मावो, देउकुमार मावो, कृष्णप्रसाद मावो, नेत्र भट्टराई त्यसैगरि रोशन लिम्बु, बुद्धिमान लिम्बु, सिव ब्यालकोटी, कुमार भट्टराई, भिम मावो, वसन्त मावो, लगायतका गाउँका युवाहरु, टोल अध्यक्षहरु साथै टोलका स्वयं सेविकाहरुको संयुक्त उपस्थितीमा मामाङ्खे सहायता समाजका अध्यक्ष सोमकुमार मावो र स्वास्थ्य चौकी इन्चार्ज रोजी भन्डारीलाई हस्तान्तरण गरेको फन्डका संचिव कैलास लिम्बुले जानकारी दिए।
मामाङ्खे, कोभिड–१९ रिलिफ फन्डले गरेको सहयोगले स्थानियवासीलाई ठूलो राहत पुगेको र यस अभियानले गाउँका सबैलाई सकारात्मक उर्जा प्रदान गरेको स्थानियहरुको भनाइ छ । करिब २२५ घरधुरी रहेको मामाङ्खेमा सचेतना मुलक पर्चासहित १ महिनालाई पुग्ने स्वास्थ्य समाग्री टोलका स्वयंसेविकहरुमार्फत वितरण गर्ने तयारी भएको समाजका सचिव सुनिता लिम्बुले बताएकी छिन्।
मामाङ्खे, कोभिड–१९ रिलिफ फण्डमा हालसम्म ४७ जना स्वदेश तथा विदेशमा रहेका व्यक्तिबाट ५ लाख १०,००० बराबरको रकम संकलन भइसकेको र सहयोग आउने क्रम जारी रहेको सूचना तथा प्रचार प्रसारको मुख्य भूभिकामा रहेकी फन्डका सह सचिव रोशनी लिम्बुले जानकारी दिइन्।





























प्रतिक्रिया