राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ तराइका जिल्लाहरुमा हल्का गर्मी महसुस हुनुका साथै उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र वर्षा कायमै रहेको छ ।
त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान र बाँँकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली तथा पहाडी भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ ।





























प्रतिक्रिया