बाँकेमा उपचाररत दश सङ्क्रमितको एकै दिन मृत्यु

बाँकेमा उपचाररत दश सङ्क्रमितको एकै दिन मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाँकेका अस्पतालमा भर्ना भएका १० सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ। 

नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा तीनजनाको मृत्यु भएको हो। मृतकमा बाँकेका पाँच, दाङका तीन र बर्दियाका दुई जना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। 

योसँगै बाँकेमा कोरोनाबाट अकालमै ज्यान गुमाउनेको सङ्ख्या २ सय ७९ पुगेको छ भने यहाँ उपचार गराउन आएका बाहिरी जिल्लाका २ सय ५१ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए। 

Skip This
Skip This
Logo