काठमाडौं उपत्यकामा आज १ हजार ४९३ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १ हजार ४९३ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज १ हजार ४९३ जना थपिएका छन्। आज काठमाडौंमा मात्र १ हजार १३९, भक्तपुरमा ११३ र ललितपुरमा २१४ जना थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ११ हजार ६०३ पुगेको छ।

नेपालमा आज ६ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ३५ हजार ५६२ जना पुगेको छ। 

आज १४५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ।

आज १९ हजार ३५२ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा २९ लाख ७७ हजार ९७२ जनाको परीक्षण गरिएको छ।

Logo