मोरङमा सङ्क्रमित पुरुषको मृत्यु

मोरङमा सङ्क्रमित पुरुषको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मोरङ ।

मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

मृतकलाई असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मृगौला सम्बन्धी दीर्घरोगी थिए ।

Logo