काठमाडौं ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्ववप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
कोरोना सङ्क्रमण भएपछि उनी सेल्फ होम आइशोलेशन बसेका थिए । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताए।
आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्याक्ट ट्रेसिङमा परेका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उनले बताए।





























प्रतिक्रिया