२७० किलो गाँजासहित पक्राउ

२७० किलो गाँजासहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

राप्ती नगरपालिका-१ बाट २७० किलोगाँजासहित भारत पुर्वी चम्पाचरण घर भएका २५ वर्षीय पिन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनलाई भारतीय नम्बर प्लेटको ट्रक एनएल ०१ एन ५८६७ नम्बरको भारतीय ट्रकमा ढुवानी गरिरहेकाे अवस्थामा उनलाई पक्राउ गरिएकाे हाे । उनलाई प्रहरी बिट लोथरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरिएकाे हाे ।

प्रारम्भिक अनुसन्धानको क्रममा वीरगंज हुँदै भारततर्फ लैजान लगेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Logo