देशभरका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने सरकारले घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले उपचारका लागि प्रेस काउन्सिल नेपालबाट परिचयपत्र जारी हुने बताए ।
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम घोषणा गरेका हुन् ।
सरकारले सांसद विकास कोष खारेज
सरकारले सांसद विकास कोष खारेज गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार साझेदारी कार्यक्रम (सांसद विकास कोष) खारेज गरेको घोषणा गरेका हुन् ।
सांसद विकास कोषबाट सांसदले ६ करोड बजेट आफ्नो निर्वाचन क्षेत्रको लागि पाउँदै आएका थिए। अब भने कोष नै खारेज भएको हो ।































प्रतिक्रिया