सिनामंगलकी ९३ वर्षिया हजुरआमाले जितिन् कोरोना

सिनामंगलकी ९३ वर्षिया हजुरआमाले जितिन् कोरोना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेल कोरोना जितेर घर फर्किएकी छिन्।

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत वैशाख २४ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी  ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन्। २४ दिनपछि हिजो आइतबार परीक्षण गर्दा उनको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमबार घर फर्किएकी हुन्।

कोरोना संक्रमणका कारण आफूलाई कुनै ठूलो समस्या नदेखिएको उनले बताइन्। उनले भनिन्,–‘यहाँ आएदेखि केही भएको छैन। खाने, बस्ने, सुत्ने। डाक्टरले सोधिबक्सिन्छ, जहिल्यै नि राम्रो छ। दुख्ने, पोल्ने घटीबढी केही छैन। ९३ वर्षको मान्छेलाई के को डर? कोरोना भन्छन्, के भन्छन् । म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु। खोई ?’

युथ फर नेशनले कोरोना संक्रमितलाई चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ। हाल सो आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेशनका संयोजक लेनिन बिष्टले बताए।

Logo