उपत्यकामा जारी निषेधाज्ञा थपियो, अब जेठ ३१ सम्म कायम

उपत्यकामा जारी निषेधाज्ञा थपियो, अब जेठ ३१ सम्म कायम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप भएको छ। आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो।

यसैगरि बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेशनरी, बिहान ९ बजेसम्म खोल्न दिने पनि निर्णय गरेको छ। 

यस्तै तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्नपाइने भएको छ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि जेठ २० गते राति १२ पछि सकिँदै गर्दा आज पुनः थप्ने निर्णय भएको हो। उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो। सुरुमा एक हप्ताका लागि जारी गरिए पनि पटक पटक थपिएको छ। निषेधाज्ञा थपिए पनि कोरोना संक्रमणदर भने घटेको छैन।

Logo