नेपालमा नयाँ भेरिएन्ट भेटिएको दाबी गलतः स्वास्थ्य मन्त्रालय

नेपालमा नयाँ भेरिएन्ट भेटिएको दाबी गलतः स्वास्थ्य मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यममा नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको भन्ने प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले अहिलेसम्म नेपालमा अल्फा, डेल्टा, गामा र कप्पा नामक भेरिएन्ट भेटिएको बताउँदै नयाँ भेटिएको भन्ने खबर पूर्णतः गलत रहेको बताएको हो।

मन्त्रालयबाट जारी विज्ञप्तिमा नेपालमा भेरिएन्ट अफ कन्सर्नमा अल्फा र डेल्टा मात्र रहेको उल्लेख छ। 

मन्त्रालयले आधिकारिक सूचना नआइकन भ्रामक सूचना सम्पे्रषण नगर्न र जिम्मेबार बन्न संचारमाध्यम तथा नागरिकमा सचेतसमेत गराएको छ।

Skip This
Skip This
Logo