नेपाल स्काउट कोरोना नियन्त्रण गर्ने अग्रमोर्चामा, शव व्यवस्थापन खटिँदै स्काउटरहरु

नेपाल स्काउट कोरोना नियन्त्रण गर्ने अग्रमोर्चामा, शव व्यवस्थापन खटिँदै स्काउटरहरु

केन्द्रबिन्दु
0
Shares

नेपाल स्काउटले पछिल्लो समय कोरोना संक्रमणका कारण कसैको मृत्यु भए शव व्यवस्थापन गर्न अस्पतालदेखि घाटसम्म गएर नेपाली सेनालाई सघाईरहेको छ।

स्काउटले शव व्यवस्थापन गर्न नेपाली सेनालाई सघाउने निर्णयसँगै प्रदेश स्काउट पनि शव व्यवस्थापनमा नेपाली सेनाको साथी बनिरहेको छ।

प्रदेश नं. १ स्काउटले चलाएको ४ दिने शव व्यवस्थापन कार्यशाला सकेर मोरङ लेटाङका मुकेशराज भण्डारीले शुक्रबार जोखिमयुक्त मानिएको कोरोना संक्रमितको शव अन्त्येष्टि गर्न सेनालाई सघाए। उनले अस्पतालबाट घाटसम्म शव ल्याउने क्रममा शवलाई बोकेका थिए।

२० बर्षिय भण्डारीले गरेको उक्त कार्यको अहिले निकैले प्रशंसा गरिरहेका छन्। केन्द्रबिन्दुसँग भण्डारीले संक्रमण नियन्त्रण गर्न अग्रसर रहने, शव व्यवस्थापन गर्न पनि पछि नपर्ने र सामाजिक कार्यमा सधंै क्रियाशील रहने बताए।

त्यस्तै नेपाल स्काउटले कोरोना नियन्त्रण गर्ने सबालमा अग्रमोर्चामा रहेर जनचेतना अभिवृद्धि गर्नेदेखि सहयोगको कार्यक्रम पनि गर्दै आएको उनले जानकारी दिए। 

Logo