अब स्वास्थ्यकर्मीमाथि कुटपिट गरे पाँच वर्षसम्म कैद (भिडियोसहित)

अब स्वास्थ्यकर्मीमाथि कुटपिट गरे पाँच वर्षसम्म कैद (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई पाँच वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुने गरी अध्यादेश ल्याएको छ। अध्यादेशअनुसार अब, स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने तथा, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ। 

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट कारवाही गरिएका कृष्ण थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । यस्तै प्रदेशकै प्रसंगमा कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ भने, प्रदेश एकमा माओवादी केन्द्रले सरकारलको समर्थन फिर्ता लिएको जानकारी दिएको छ। 

केन्द्रमा जसपाको महन्थ ठाकुर समूहले केपी ओलीसँग सत्ता साझेदारी गरेसँगै प्रदेश २ सरकारमा पनि हलचल आएको छ। अर्थात् जसपाको बहुमतको सरकार रहेको प्रदेश २ मा जसपा आफैंमा दुई कित्ता भएपछि प्रदेश २ सरकारमा हलचल आएको हो। अहिले प्रदेश दुईमा जसपाका ठाकुर र यादव दुवै पक्षले सत्ता समीकरणको तीव्र कसरत गरिरहेका छन्। यद्यपि प्रदेशमा ठाकुर पक्ष कमजोर देखिएको छ भने, यादव पक्ष विपक्षी कांग्रेस र माओवादी साथमा लिएर सत्तामा जाने तयारीमा देखिन्छ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले चुरे क्षेत्रबाट गिट्टी, ढुंगा, बालुवा निकासी नहुने स्पष्ट पारेको छ। चुरे क्षेत्रमा ढुंगा, गिट्टी, वालुवा उत्खनन् गरी निकासी गर्ने कुनैपनि कार्यक्रम नभएको समितिले स्पष्ट पारेको हो। सरकारले माथिल्लो पहाडी भेगमा रहेका स्रोतहरुलाई प्रयोग गर्न खोजेको समितिको भनाइ छ। 

कोरोना भाइरस महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक सङ्कट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र अहिले तीब्रगतिमा अघि बढेको छ । यद्यपि अमेरिकी अर्थतन्त्र अहिले कामदारको अभाव र आपूर्ति व्यवस्थामा समस्या झेलिरहेको छ। यस विषयमा आर्थिक क्षेत्रका विज्ञहरुले अमेरिकी अर्थतन्त्रमा पछिल्लो परिस्थिति अनुमान बाहिर पुगेको बताएका छन्।  

Skip This
Skip This
Logo