देशभर संक्रमित घट्दा यी १० जिल्लामा किन बढ्यो ?

देशभर संक्रमित घट्दा यी १० जिल्लामा किन बढ्यो ?

केन्द्रबिन्दु
0
Shares

नेपालमा सङ्क्रमितहरूको सङ्ख्या ओरालो लागेको देखिए पनि १० जिल्लामा सङ्क्रमण दर बढ्दो क्रममा रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

पछिल्ला दुई सातामा उदयपुर, पाँचथर, तेह्रथुम, नवलपरासी पूर्व, रोल्पा, हुम्ला, जुम्ला, रुकुम पश्चिम, डोटी र दैलेखमा सङ्क्रमित बढ्ने क्रममा देखिएको आइतवार स्वास्थ्य मन्त्रालयले जनाएको थियो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, "थोरै सङ्ख्यामा भए पनि धेरै ठाउँमा सङ्क्रमितहरू रहिरहे भने त्यो अवस्था समेत नियन्त्रणका लागि कठिन हुन्छ।"

काठमाण्डू विश्वविद्यालयकी जनस्वास्थ्यविद् डा. अर्चना श्रेष्ठले उच्च पहाडी भेगमा देखिएको बढ्दो क्रमको सङ्केत त्यहाँ 'प्रकोप नै ढिलो सुरु भएको समेत हुनसक्ने' बताउँछिन्।

केही जिल्लामा सङ्क्रमण बढ्दो क्रममा रहनु र सङ्क्रमित पहिचान दर समेत २० प्रतिशत हाराहारीमा उच्च रहनुले अवस्था सहज हुन 'अझै केही साता लाग्ने' डा. अधिकारीले बताएका छन् ।

सङ्क्रमितहरू पत्ता लाग्ने दर पाँच प्रतिशतभन्दा कम भएमा प्रकोपलाई नियन्त्रणमा राख्न सकिने अवस्थाको रूपमा बुझिने उनी बताउँछन्।

डा. श्रेष्ठ भन्छिन्, "देशैभर एकैपटक समान प्रवृत्ति देखा पर्छ नै भन्ने हुँदैन। पहिले पनि भारतमा प्रकोप देखा परेको महिनादिनमा काठमाण्डूमा ह्वात्त्तै सङ्क्रमित देखिन र त्यसको केही सातामा गाउँमा कोभिड बिरामी बढ्ने क्रम देखिएको हो।" बिबिसीबाट साभार

Logo