अवस्था विकराल नहोस् : पूर्वराजा

अवस्था विकराल नहोस् : पूर्वराजा

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहले मनसुन प्रारम्भमात्र भएको यो समयमा नै यति धेरै क्षति पुग्नेगरी बाढी पहिरो आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पूर्वराजा शाहले बिहीबार बिहान सन्देश जारी गर्दै बाढीपहिरोबाट धनजनको क्षति तथा ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दाहरूको उठीबास लागेको खबर सुन्दा/देख्दा दुखित भएको जनाएका हुन् ।

उनले भनेका छन्-'प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानुपर्ने देखिन्छ ।'

तत्काल राहत र उद्धारमा सम्बन्धित पक्षको ध्यान जानुपर्ने भन्दै पूर्वराजाले 'अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी होस्' भनी आग्रह पनि गरेका छन् । 

Logo