आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलाे: निजी सवारी साधनमा ‘जोरबिजोर’ प्रणाली

आजदेखि उपत्यकामा निषेधाज्ञा खुकुलाे: निजी सवारी साधनमा ‘जोरबिजोर’ प्रणाली

केन्द्रबिन्दु
0
Shares

कोभिड–१९ सङ्क्रमण न्यून हुँदै गएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो (लुज डाउन) पार्दै आजदेखि निजी सवारी साधनमा  'जोरबिजोर' प्रणाली लागू भएको छ। 

उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले अन्य व्यवसायिक क्षेत्र चलायमान हुनेगरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । आज बिहान १ बजेदेखि १४ गते राति १२ बजेसम्म उक्त आदेश लागू हुनेछ। 

यसपटक साना सवारीसाधान (कार, जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीन जना र मोटरसाइक, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ। डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने गरी आदेशमा नयाँ व्यवस्था गरिएको छ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहीबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । यो पनि अहिलेको आदेशमा नयाँ व्यवस्था हो।

गर्न नहुने गतिविधि 

भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्थालाई भने कायम राखिएको छ। फुटपाथ र खुला ठाउँमा हुने व्यापारलाई पनि रोक लगाइएको छ। होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइएको छ। नित्यकर्मबाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन। भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ। 

आठ गते बिहान १ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ। अत्यवश्यक सवारी, एम्बुलेन्स, स्वास्थ्यकर्मी पशु स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका अन्य जिल्लाबाट पासबिहिन  सवारीका साधन काठमाडौँ उपत्यकामा प्रवेश रोक लगाइेको छ।

सञ्चालन गर्न सकिने गतिविधि

शैक्षिक संस्थाले अनलाईनमार्फत पठनपाठन गर्न सक्नेछन् । वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थी वा इडिभी परेका व्यक्ति र कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तरवार्ता कार्यका लागि तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ। उद्योग, कलाकारखाना तथा सार्वजनिक र निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ।

औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने जनाइएको छ। खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री, विक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपाटमेन्ट स्टोर्स (ग्रोसरीमात्र), स्टेशनरी, विहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ।
  
डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकूद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने छ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहीबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ।

निर्माणजन्य सामग्रीको पसल (हाडवेयस, विजुलीका सामान, स्यानिटरी, टायल, मार्वल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ। ठूलो परिमाणको  ढुवानी राती मात्र गर्न भनिएको छ।

पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तिमा दुई मिटर दूरी कायम गर्ने र अनिवार्य रूपमा स्वास्थ्यका सबै मापदण्ड अवलम्बन गर्नुपर्नेछ। अत्यावश्यक वस्तुको अनलाइन तथा टेकअवे  सेवा होमडेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यकामा साँझ सात बजेसम्म सञ्चालन गर्न पाइने छ।  सवारीमर्मतका पसल साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ।

विवाह ब्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँँमा गर्न पाइनेछ। यसका लागि दुई वटा सवारी साधान  प्रयोग गर्न सकिने छ। अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत्मर्मत, स्वास्थ्य सम्बन्धीका गाडी, दुरसञ्चार, इन्टरनेटमर्मत, कार्गाे, कुरियर, तथा डाँक सेवा, फोहरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधन विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने छ।

अत्यावश्यक सामग्री बोक्ने सवारी साधान परिचयपत्रको आधारमा सञ्चालन गर्न सकिने प्रजिअ पराजुलीले जानकारी दिए। निजी सवारीसाधान (कार जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीन जना र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ।  

तरकारी फलफूल दुग्धजन्य पदार्थ, कुखुरा, दाना, चल्ला पशुपक्षीजन्य पदार्थ, खाद्यान्न भेटेरिनरी, इन्धन, ग्यास, सरसफाईमा प्रयोग गर्ने सामान, प्रिन्ट तथा सरकारी छापाखाना, कृषि कार्यका सामग्री ढुवानीका साधन व्यानर राखेर राति ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ। सार्वजनक तथा निजी निर्माण कार्यका लागि राति ९ बजेदेखि विहान ५ बजेसम्म ढुवानी गर्न भनिएको छ। 

भन्सार विन्दुबाट उल्लेख भएका मालबाहक सवारी साधानसम्बन्धीत भन्सार प्रमुखले रुट खुलाइ अनुमति प्रदान गरेमा त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा  कर्मचारी उल्लेख गरेको दिन र स्थानसम्म आवातजावन गर्न पाउने छन् । विदेश जाने यात्रुले  अन्तराष्ट्रिय उडानबाट आवतजावत गर्दा हवाई टिकट, पासपोर्ट, भिसा आदिका आधारमा जिल्ला प्रवेश पाउने  जनाइएको छ।

विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना हुने गरी आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह गर्न भनिएको छ। बैंक तथा वित्तिय संस्था, धितोपत्र बोर्ड, बीमा,  रेमिट, सहकारी, गैरसरकारी संस्था स्वास्थ्य मापदण्ड पालना गरी न्युनतम जनशक्तिबाट भिडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्ने आदेशमा उल्लेख छ। उक्त आदेशको पालना नगरे कारवाही हुने चेतावनीसमेत दिइएको छ।

Logo