काभ्रेमा आज १६३ जना निको भए, ४३ संक्रमित थपिए

काभ्रेमा आज १६३ जना निको भए, ४३ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा आज ४३ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या १६३ रहेको छ। आज ३ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या १० हजार ७७९ पुगेको छ। सक्रिय संक्रमितको संख्या ६३० जना रहेको छ।

यस्तै निको हुनेको संख्या ९ हजार ९८५ र मृत्यु हुनेको संख्या २२८ पुगेको छ।

Skip This
Skip This
Logo