खुकुरी प्रहार गरि बुबाको हत्या गर्ने छोरा पक्राउ

खुकुरी प्रहार गरि बुबाको हत्या गर्ने छोरा पक्राउ

केन्द्रबिन्दु
0
Shares

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा ७२ वर्षीय चन्द्रकुमार राईको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २८ वर्षीय छोरा सुवर्ण राई रहेका छन्। उनले बुबा चन्द्रकुमारलाई खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

हत्यापछि भने सुवर्ण फरार थिए। उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट गएको प्रहरी टोलीले खोजी गर्ने क्रममा गाउँबाटै पक्राउ गरेको हो।

उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसूर गरेको आरोपमा अनुसन्धान थालेको छ।

खुकुरी प्रहार गरि हत्या गर्नुको कारण भने खुलेको छैन।

Logo