सुनसरीमा भएकाे सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सुनसरीमा भएकाे सवारी दुर्घटनामा तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुनसरीको कोशी गाउँपालिका–८ मा आइतबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी–५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षयकुमार गुप्ता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
 
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको माइक्रोले विपरीत दिशाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो। दुर्घटनामा उदय, रामप्रसाद र अक्षय गम्भीर घाइते भएका थिए। घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा उपचारको क्रममा तीनै जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।

दुर्घटनामा घाइते भएका माइक्रोका चालक नुवाकोट विदुर नगरपालिका–१३ का ३५ वर्षीय विवस तामाङ र सह–चालकको २५ वर्षीय नारायण बत्सयालको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेका तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ।

Logo