काठमाडौं उपत्यकामा भोलि (मंगलबार) देखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भएको छ।
सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गरिने भएको हो। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सिट क्षमताका आधारमा र स्वास्थ्य मापदण्ड पालना गरेर मात्र यायातातहरु सञ्चालन हुने भएको हो । यसलाई निषेधाज्ञा पूर्णरुपमा खोलिएको भन्न नहुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
गत वैशाख १६ गते यता उपत्यकामा जारी निषेधाज्ञा जारी आज रातिदेखि सकिँदैछ। भोलिदेखि नयाँ प्रक्रियाले निषेधाज्ञा जारी हुने बताइएको छ।
































प्रतिक्रिया