काठमाडौं उपत्यकामा आज ५७२ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ४३६, भक्तपुरमा ४७ र ललितपुरमा १८९ जना संक्रमित थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ।
नेपालमा आज २ हजार ८९२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ३८ हजार ८०५ जना र एन्टीजेन परीक्षणबाट ३४ हजार ९४४ जना पुगेको छ।
आज ४१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ।
आज ११ हजार ५६८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३३ लाख ४४ हजार ८३३ जनाको पीसीआर र १ लाख ८८ हजार ८११ जनाको एन्टीजेन परीक्षण गरिएको छ।































प्रतिक्रिया