कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै

कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै

केन्द्रबिन्दु
0
Shares

कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाउन आजदेखि सुरु हुँदैछ। भेरोसेल खोपको पहिलो डोज लगाइसकेकालाई सरकारले आजदेखि दोस्रो डोज खोप दिन लागेको हो। गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो।

यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले आजदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने भएका छन्। एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले आजदेखि खोप लगाउन पाउने भएका छन् ।

दोस्रो डोजको लागि काठमाडौं उपत्यकामा झण्डै एक सय ठाउँमा खोप केन्द्र तोकिएको छ।

भक्तपुरमा ३८ वटा ठाउँमा खोप केन्द्र छन् भने ललितपुरमा पालिकालाई खोप वितरणको मिति र केन्द्र तोक्ने जिम्मा दिइएको छ। 

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ र खोप लगाउनका लागि पहिलो डोज लगाएको कार्ड अनिवार्य गरिएको छ।

Skip This
Skip This
Logo