पेस्तोल र बन्दुकसहित ३ जना प्रकाउ

पेस्तोल र बन्दुकसहित ३ जना प्रकाउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौंकाे कात्यानीबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा विधानगर घर भई काठमाडौं बसुन्धारा बस्दै आएका ३१ वर्षीय जयप्रकाश महतो रहेका छन्। नयाँ बानेश्वर इलाका हतियार बेच्न हिँडेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई कात्यानीबाट पक्राउ गरेको हो। 

त्यस्तै बागलुङकाे निसिखोला गाउँपालिका-४ माझपाखा बस्ने सोही गाउँपालिका-३ घर भएका ४० वर्षीय दल बहादुर चन्दलाई धनसारमा लुकाई राखेको १ थान एक नाले भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने १२ वटा छर्रा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

साथै निसिखोला गाउँपालिका-४ थापागाउँ बस्ने ४६ वर्षीय नर बहादुर कुँवरलाई समेत १ थान एक नाले भरुवा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Logo