१५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप अमेरिकादेखि आज काठमाडौं आइपुग्ने भएको छ। कोभ्याक्स सुविधामार्फत अमेरिकाले नेपाललाई उपलब्ध गराएको थप १५ लाख बढी खोप आज नेपाल आउने भएको हो।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले खोप आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने जानकारी दिएका छन्।
गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए।
सोही सुविधा अन्तर्गतको यो खोप आउन लागेको हो। एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपलाई अमेरिकाले उपहारमा दिन लागेको जनाइएको छ।





























प्रतिक्रिया