महानगरले फोहोर नउठाउँदा काठमाडौंका विभिन्न चोकहरु दुर्गन्धित

महानगरले फोहोर नउठाउँदा काठमाडौंका विभिन्न चोकहरु दुर्गन्धित

केन्द्रबिन्दु
0
Shares

पछिल्लो एक सातादेखि काठमाडौं महानगरका विभिन्न चोकहरुमा फोहोर थुप्रिएर चोकहरु दुर्गन्धित बनेका छन्। 

काठमाडौं महानगरपालिकाले समयमा नै फोहोरमैला व्यवस्थापन नगरेकाले मुख्य चोकका सडक छेउमा फोहोर थुप्रिएर दुर्गन्धित बन्दै गएको छ। महानगरले एक साता बितिसक्दा पनि सडकबाट फोहोर उठाएको छैन।

महानगरले उपत्यकाको फोहोर समयमा नै नउठाएको यो पहिलो पटक भने होइन। विगतमा पनि पटकपटक सडकमा फोहोर थुप्रिँदा पनि उठाएको थिएन। महानगरले उपत्यकाको फोहोर व्यस्थापनका निकै पहिलेदेखि नै लापरवाही गर्दै आएको छ। महानगरको जिम्मेवारीभित्र पर्ने फोहोर व्यस्थापन निजी क्षेत्रलाई पनि जिम्मा दिँदै आएको छ। 

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले अहिले फोहोर व्यवस्थापन गर्ने स्थान डम्पिङ साइडमा जाने बाटोको समस्या भएकाले फोहोर उठन नसकिएको बताए । उनका अनुसार फोहोर लिएर जाने गाडीहरु डोजर लगाएर धकेल्दासमेत जान नसकेकाले फोहोर व्यवस्थापनमा समस्या भएको हो । उनले भने,‘ बाटो समस्या समाधान हुने वित्तिकै फोहोर संकलन गर्छौं।’

पछिल्लो समय महानगरलाई ठूला होटल, रेष्टुरेण्ट र उद्योग कलकारखानाले सडक किनारामा थुपारेको फोहोर संकलन गर्न पनि भ्याई नभ्याई हुँदै आएको छ। महानगर तथा अन्य उपत्यकामा ३४ वटा भन्दा धेरै निजी क्षेत्रका संस्था, कम्पनी, युवा क्लब र एनजीओले फोहोर संकलन गर्ने गर्छन् । फोहोर संकलन गरेको पैसा पनि यी कम्पनीले नै राख्ने गर्छन्। मोटामोटीरुपमा उपत्यकाबाट फोहोर संकलन गरेर यी कम्पनीले वार्षिक पौने ४ अर्ब रुपैयाँ संकलन गर्ने गरेका छन्। 

तर पनि समयमा नै फोहोर भने उठ्न सकेको छैन । समयसमयमा सडकमा नै फोहोर थुप्रिएर काठमाडौं नै डम्पिङ साइड बनिरहेको छ। 

महानगरले नुवाकोटको सिसडोल ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले दैनिक ७ देखि ८ सय टन फोहोर संकलन गर्छ। महानगरले संकलन गरेको फोहोर सिसडोलमा ३ हजार टनभन्दा धेरै फोहोर विसर्जन हुने गरेको छ। 

सिसडोलवासीले काठमाडौं महानगरको फोहोर फाल्न नदिन भन्दै समय समयमा आन्दोलनसमेत गर्दै आएका छन्। महानगरले आफ्नो जिम्मेवारी निर्वाह गर्न आलटाल गरेकै कारण उपत्यका फोहोरमय हुने गरेकोे नागरिकहरुको गुनासो छ।

Skip This
Skip This
Logo