नेपालमा आज १ हजार ६०६ जना निको भए, २ हजार ९०५ संक्रमित थपिए

नेपालमा आज १ हजार ६०६ जना निको भए, २ हजार ९०५ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६०६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख २४ हजार ७११ पुगेको छ।

नेपालमा आज २ हजार ९०५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८९५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ६० हजार ७८८ जना र एन्टीजेन परीक्षणबाट ४७ हजार ९५३ जना पुगेको छ। 

आज १८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको छ।

आज १३ हजार २४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख ३८ हजार ३३८ जनाको पिसिआर र २ लाख ४७ हजार ५४२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo