महानगरले खुलामञ्चका दुई शौचालय भत्कायो

महानगरले खुलामञ्चका दुई शौचालय भत्कायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले वीर अस्पताल नजिकै र विद्युत प्राधिकरण अघि खुलामञ्चका दुई पुराना शौचालय भत्काएको छ । सुविधाजनक नयाँ शौचालय निर्माण गर्ने अभियान अनुरुप ती शौचालय भत्काएको महानगरपालिकाले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘उहाँहरुसँगको सम्झौता सकिएपछि हामीले ती स्थानमा सहरी सौदर्यीकरणलाई समेत ध्यान दिएर सुविधाजनक नयाँ शौचालय निर्माण गर्ने अभियान अनुरुप भत्काएका हौँ ।’ 

ज्ञवालीले नयाँ बन्ने सार्वजनिक शौचालय बालमैत्री, महिलामैत्री र अपांगतामैत्री हुने बताए । ‘सहरी सौदर्यीकरण अभियान अन्तरर्गत रत्नपार्क र खुलामञ्चमा रहेका पुराना शौचालय हटाएका हौँ,’ उनले भने, ‘परम्परागत रुपमा सञ्चालित काठमाडौंका सार्वजनिक शौचालयको व्यवस्थापन वा विस्थापन आवश्यक छ ।

अब बन्ने शौचालय दृष्टिविहिन, शारीरिक रुपमा फरक क्षमता भएका नागरिकका लागिसमेत सहज हुने गरी स्यानिटरी प्याड, पर्याप्त पानी, बत्तीको समेत व्यवस्थासहितका हुनेछन् ।’ 

ज्ञवालीले काठमाडौं महानगरपालिकाले सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अनुसार यस अघि नै चक्रपथ सडक खण्डको स्वयम्भू बुद्धपार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको सञ्चालनमा ल्याएको जानकारी दिए  । 

Logo