कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्छः स्वास्थ्य मन्त्रालय (भिडियोसहित)

कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्छः स्वास्थ्य मन्त्रालय (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै सम्मूणमा सुसुचित गरेको छ। निषेधाज्ञा खुकुलो भएसँगै भाइरसको जोखिम बढेकोले मन्त्रालयले सचेत रहन आग्रह गरेको हो। तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संघसंस्थालाई अक्सिजन, शय्या लगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध समेत गरेको छ।

नेपाल कम्युनिष्ट पार्टीले एमालेले ४३ औं पुष्पलाल स्मृति दिवस मनाएको छ । पुष्पलाललाई सम्झिएर देशभरका कम्युनिष्टहरुले विभिन्न कार्यक्रम आयोजना गरेर उनलाई सम्झिएका छन्। यता एमाले पार्टीले भने दुई अलग स्थानमा कार्यक्रम राखेर उनलाई सम्झेको छन् । कार्यक्रममा माधव नेपालले अपमान सहेर पार्टीभित्र बस्न नसकिने बताएका छन्। उनले पार्टी नाम र चुनाव चिन्हले नभई सुनामले अघि बढने बताए। त्यस्तै अध्यक्ष ओलीले पुष्पलाल र मदन भण्डारीले सार्नुभएको महान् बिचारहरु कार्यान्वयन गर्न एमाले एकजुट हुनु पर्ने तर्क अघि सारेका छन्। 

नेपाललाई एसियाली विकास बैंकले कोभिड–१९ खोप खरिदका लागि १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ। प्रेश विज्ञप्तिमार्फत उक्त सहायता गर्ने एडीबीले जनाएको हो। उक्त सहयोगले ६८ लाख नागरिकलाई खोप पाउने अनुमान गरिएको छ। त्यस्तै अर्थतन्त्रलाई लयमा फर्काउन बैंकले सहयोग गरेको समेत एडीबीले जनाएको छ।

साताको अन्तिम दिन नेप्से परिसूचक १८.७५ अंकले वृद्धि भएको छ। नयाँ आर्थिक वर्ष लागेसँगै वृद्धि हुन थालेको शेयर बजार मापक नेप्से आज ३ हजार अंकमाथि पुगेको छ। साताको अन्तिम कारोबार दिन विहीबार नेप्से १८.७५ अंकले बढेर ३ हजार ४.३१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । कारोबार प्रवृत्ति हेर्दा आगामी साता बजारले नयाँ उचाइ पच्छ्याउने सम्भावना बढेको विश्लेषकहरूको भनाइ छ। 

महामारी उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा थप सघाउन स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चीनलाई प्रस्ताव गरेको थियो तर, उक्त प्रस्ताव चीनले अस्वीकार गरिदिएको छ। डब्ल्यूएचओको प्रस्तावप्रति आश्चर्य प्रकट गर्दै प्रयोगशालासम्बन्धी चिनियाँ नियम उल्लङ्घन गरिएको चीनले दाबी गरेको छ।

Logo