सुजिता भण्डारी मृत्यु प्रकरणः नातामा ‘दाजु’ पर्नेसँग प्रेम असफल भएपछि आत्महत्या !

सुजिता भण्डारी मृत्यु प्रकरणः नातामा ‘दाजु’ पर्नेसँग प्रेम असफल भएपछि आत्महत्या !

केन्द्रबिन्दु
0
Shares

भनिन्छ – प्रेममा अन्धो भइन्छ। त्यही भएर होला सायद प्रेम सम्बन्धमा न उमेर, न जात र लिङ्ग हुन्छ।

कतै त एउटै थरका युवायुवतीबीच प्रेम सम्बन्ध भएको पनि देखिन्छ। त्यस्तै भएको विवरण सार्वजनिक भएको छ, चितवनकी सुजिता भण्डारी आत्महत्या काण्डमा।

चितवन प्रहरी प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले सुजिता र ‘सचिन’ भनिने सुकदेव भण्डारीबीच प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको बताए।

सुकदेव बिहीबार काठमाडौंमा पक्राउ परेका थिए। शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दै डीएसपी थापाले उनीहरू नातामा दाजुबहिनी रहेको खुलेको पनि बताए।

उनका अनुसार सुकदेव नातामा काका पर्नेका छोरा हुन्। उनीहरूको प्रेम सम्बन्धमा मात्रै सीमित नभएको र परिवारका सदस्यहरूले सम्झाउने गरेको पाइएको घटनाको अनुसन्धानमा संलग्न टाँडीका डीएसपी इन्द्रबहादुर रानाको भनाइ छ।

त्यसपछि भने उनीहरू काठमाडौंमा डेरा कोठा लिएर बसेको, विवाह गरौं भन्दा सचिनले नमानेको हुँदा अन्ततः आत्महत्या गर्न पुगेको विवरण पनि अनुसन्धानको क्रममा खुलेको रानाले बताए।

पक्राउ परेका सुकदेवविरुद्ध सुजिताको परिवारबाट प्रहरीमा आत्महत्या दुरुत्साहनमा उजुरी परेको छ। उजुरीपछि प्रहरीले जिल्ला अदालत चितवनमा म्याद थप अनुमति लिएर थप अनुसन्धान थालेको छ।

सुजिता गत असार ११ गते अपहरणमा परेको भनिएको थियो। त्यसपछि उनी २० गते मृत फेला परेकी थिइन्।

Logo