काठमाडौं उपत्यकामा आज ६१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज ६१५ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जस मध्ये काठमाडौंमा मात्रै ४२१ जना, ललितपुरमा १०८ र भक्तपुरमा ८६ संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १९७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ।

नेपालमा आज ३ हजार ११४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८०५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ७५७ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ७९ हजार १७ जना र एन्टीजेन परीक्षणबाट ५४ हजार २४३ जना पुगेको छ। 

आज १६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ।

आज १४ हजार ९१० जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३५ लाख २८ हजार ५१४ जनाको पिसिआर र २ लाख ८६ हजार ४६४ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Skip This
Skip This
Logo