कर्णालीमा जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल वितरण

कर्णालीमा जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल वितरण

केन्द्रबिन्दु
0
Shares

गत आर्थिक वर्षमा सरकारले कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल निःशुल्क वितरण गरेको छ।  

कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि सरकारले प्रतिव्यक्ति २० किलोग्राम चामल निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ। सोही अनुसार गत आर्थिक वर्षमा जन्म संस्कारमा ३१९ र मृत्यु संस्कारमा १२८ जनालाई ८९४ क्विन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए।

उक्त चामल ढुवानी गर्न रु एक लाख ६८ हजार ५०० खर्च भएको उनको भनाइ छ। उनका अनुसार निःशुल्क चामल लिनका लागि जन्म र मृत्युको दर्ता प्रमाणपत्र, सम्बन्धित स्थानीय तह वा वडा कार्यालयको सिफारिस पत्र आवश्यक पर्छ। 

कम्पनीले खाद्य वितरण केन्द्र, डिपो र जिल्ला शाखामार्फत उक्त चामल वितरण गर्दै आएको छ। सिमकोट शाखाबाट मात्रै दुवै संस्कारका लागि ८९ क्विन्टल ४० किलो चामल वितरण गरिएको कम्पनीले जनाएको। 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ भदौ २३ गते संसदमा सम्बोधन गर्दै कर्णाली अञ्चलका नागरिकलाई जन्म र मृत्यु संस्कार गर्न प्रतिव्यक्ति २० किलोका दरले चामल उपलब्ध गराउने घोषणा गरेका थिए।

Skip This
Logo