सीसीएमसीको बैठक बस्दै, कोरोना नियन्त्रणबारे छलफल हुने

सीसीएमसीको बैठक बस्दै, कोरोना नियन्त्रणबारे छलफल हुने

केन्द्रबिन्दु
0
Shares

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज बस्ने भएको छ। सिंहदरबारमा दिउँसो ४ बजे बैठक बस्न लागेको हो।

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्या बढीरहेकाले यसको नियन्त्रणमा के प्रक्रिया अपनाउन सकिन्छ भन्ने विषयमा आज छलफल हुने बताइएको छ। 

यस्तै बैठकमा कोरोनाविरुद्धको खोप व्यवस्थापन र बजारमा बढीरहेको भिडभाड नियन्त्रणका विषयमा पनि छलफल हुनेछ। 

विगत दुई साता यता काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमण बढेको छ। बिहीबार मात्र ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको थियो।

Logo