नेपालमा आज १ हजार ८१६ जना निको भए, ३ हजार ६११ संक्रमित थपिए

नेपालमा आज १ हजार ८१६ जना निको भए, ३ हजार ६११ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ।

नेपालमा आज ३ हजार ६११ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार १४४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ९३ हजार १०९ जना र एन्टीजेन परीक्षणबाट ६० हजार ५२४ जना पुगेको छ। 

आज २७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुगेको छ।

आज १४ हजार ६६१ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३५ लाख ९४ हजार २०२ जनाको पिसिआर र ३ लाख १४ हजार १११ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo