एक डीआईजीसहित ६१ प्रहरी अधिकृतले पाए दर्ज्यानी चिन्ह

एक डीआईजीसहित ६१ प्रहरी अधिकृतले पाए दर्ज्यानी चिन्ह

केन्द्रबिन्दु
0
Shares

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पदोन्नति भएकामध्ये वरिष्ठ प्रहरी अधिकृतसहित ६१ जना नेपाल प्रहरीका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी नायव महानिरीक्षक सौरभ राणा तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छायाँदेवी गुरुङ, प्रहरी उपरीक्षक रामेश्वर अधिकारी तथा ९८ जनामध्ये ५८ जना प्रहरी निरीक्षकलाई क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

गृह मन्त्रिस्तरको साउन १४ गतेको निर्णयअनुसार उनीहरू पदोन्नति भएका हुन्।

महानिरीक्षक क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिले थपेको नवीन ऊर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेवार भएर व्यावसायिक भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

नयाँ जिम्मेवारीमा खटिँदा नियमित कामको साथै कोभिड–१९ को संक्रमणबाट आफू, परिवार र आम नागरिकलाई सुरक्षा प्रदान गर्न उद्दत हुनुपर्नेमा उनको जोड छ।

समारोहमा प्रहरी नायव महानिरीक्षक राणाले पदोन्नतिले हर्षसँगै गौरव महसुस भएको र प्राप्त नयाँ जिम्मेवारीलाई थप उत्साह, इमान्दारिता र सुझबुझका साथ उत्कृष्ट रूपमा बहन गर्न प्रतिवद्ध रहेको बताए।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

Skip This
Skip This
Logo