सूचना विभागको प्रेस पास नवीकरण अब अनलाइनबाट(विज्ञप्तिसहित)

सूचना विभागको प्रेस पास नवीकरण अब अनलाइनबाट(विज्ञप्तिसहित)


सूचना विभागले प्रेस पास तथा अनलाइन दर्ता सेवा अब पूर्णरुपमा अनलाइनबाटै गर्ने जनाएको छ।

सूचना तथा प्रसारण विभागले विभागको कार्यविवरणअनुसार मुख्यतः प्रेस प्रतिनिधि प्रमाणपत्र जारी, नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको काम अब अनलाइनबाटै गर्न सकिने भएको हो। 

विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएका छन्। 

पछिल्लो समय विश्वभर फैलिएको कोभिड १९ महामारीको जोखिमले गर्दा विभागले अनलाइन सेवा जारी गरेको उल्लेख गरिएको छ ।

रेडियो तथा टेलिभिजनको इजाजत जारी तथा नवीकरणलगायतका कामहरु यसअघि नै गर्दै आइरहेको भएपनि उल्लेखित सेवाहरु लिने सेवाग्राहीहरु ७७ वटै जिल्लामा कार्यरत रहने, नेपाल सरकारले अवलम्बन गर्दै आएको डिजिटल नेपाल फ्रेमवर्कको नीतिका साथै सार्वजनिक सेवा विद्युतीय माध्यमबाट चुस्त, छरितो सहज तथा कागजविहीनरुपमा प्रवाह गर्नुपर्ने अवस्था आएको विभागले जनाएको छ।

Logo