वडाध्यक्षले पिटे, प्रहरीले मगायो पीडितलाई माफी

वडाध्यक्षले पिटे, प्रहरीले मगायो पीडितलाई माफी

केन्द्रबिन्दु
0
Shares

जाजरकोटको जुमीचाँदे गाउापालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले हालै १८ वर्षीय सर्पे दमाईलाई निर्घात कुटपिट गरे । तर, प्रहरीले कुटाइ खाने पीडितलाई नै माफी मगाएर वडाध्यक्ष नेपालीको पक्षमा कागज गराएको पाइएको छ ।

‘सर्पे दमाइले आफ्नो गल्ती स्वीकार गरी एकचोटिलाई सुध्रिने मौका दिनुपर्यो अब आइन्दादेखि म सुध्रिनेछु, गाउँसमाजमा रहँदा बस्दा सबैसँग राम्रो व्यवहार गर्नेछु, कोही कसैलाई पनि अभद्रर व्यवहार गर्दिन, गाली बेइज्जत गर्नेछैन, आइन्दा दिनमा यस्तो गल्ती दोहोर्याएमा प्रचलित ऐन नियमबमोजिम सजाय सहन, भोग्न मञ्जुर छु भनी रियलाइज गरेको’ , साउन १५ गते गरिएको कागजमा लेखिएको छ ।

वडाध्यक्ष नेपालीले सुध्रिने मौका दिई सपर्वेलाई सकुशल आमा चन्द्रा दमाइको जिम्मा लगाइएको उक्त कागजमा उल्लेख छ । उक्त कागजमा आमा चन्द्रा र सर्पे दुवै जनाको हस्ताक्षर गराइएको छ ।

सर्पेले सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको बेला गाली बेइज्जतसँग ढुंगा प्रहार गरी आतंकित पारेको भनी निवेदन परेको पनि कागजमै उल्लेख छ । स्थानीयका अनुसार वडाध्यक्षले ती युवकलाई डोरीले बाँधेर कुटपिट गरेपछि प्रहरी बोलाएर मिलापत्र गरिएको हो । उक्त घटना मिलाउन इलाका प्रहरी कार्यालय पञ्चालाको टोली खटिएको थियो ।

सर्पेले वडाध्यक्षलाई भत्तामा अनियमितता गरेको आरोप लगाएका थिए, वडाध्यक्षले त्यही झोकमा कुटपिट गरे, एक प्रत्यक्षदर्शीले भने । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा मंगलबारदेखि भाइरल बनेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

Skip This
Skip This
Logo