पर्वत अस्पतालमा रहेका सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर प्रयोगविहीन बनेका छन् ।
आवश्यक दक्ष जनशक्तिका अभावमा यो प्रयोगविहीन बनेको हो । अस्पतालमा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्युसमेत भइसकेको छ । संक्रमितको अवस्था नाजुक बन्दै गएमा त्यस्ता बिरामीलाई आइसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भए पनि जनशक्ति अभावले उपयोगविहीन बनेका हुन् ।
एक वर्षअघि १ करोड ६० लाखका लागतमा आइसियु र भेन्टिलेटर जडान सम्पन्न भएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा सेवा विस्तार गर्न समस्या भएको बताए ।
जिल्ला अस्पतालमा केही महिना पहिले सुरु गरिएको अक्सिजन प्लान्टले भने राम्रो उत्पादन दिइरहेको जनाउँदै जिल्लामा एकदिनमा कम्तीमा पनि ५० बिरामीलाई एकैपटकमा अक्सिजन आपूर्ति गर्न सकिने अस्पतालले जनाएकाे छ।
अस्पतालमा ५ शय्या आइसियु र तीन भेन्टिलेटर रहे पनि बिरामीले उपभोग गर्न पाउँदैनन् । उनका अनुसार भेन्टिलेटर सञ्चालनका लागि नवौँ तहको एनेस्थेसियालिस्ट वा इन्टरनल मेडिसिनमा एमडी गरेको जनशक्ति आवश्यक भए पनि त्यस्ता जनशक्ति आउन नमान्दा समस्या भएकाे बताइएकाे छ ।





























प्रतिक्रिया