आठ दिन अघि डुङ्गा दुर्घटनापछि बेपत्ता महिला मृत फेला

आठ दिन अघि डुङ्गा दुर्घटनापछि बेपत्ता महिला मृत फेला

केन्द्रबिन्दु
0
Shares

आठ दिन अघि कैलालीको मोहन्याल गाउँपालिकाको कर्णाली नदीमा भएको डुङ्गा दुर्घटनामा परि बेपत्ता हुने महिलालाई सोही नदीमा मृत फेला पारिएको छ।

घटनास्थलबाट दक्षिणतर्फ सोही नदीको बीच भागमा भेटिएको बेवारिसे शवको साेमबार सनाखत गर्दा डुङ्गा दुर्घटनामा परि बेपत्ता हुने मोहन्याल गाउँपालिका—३ की २० वर्षीया उर्मिला सलामी मगरको रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

साउन १७ गते कर्णाली नदीमा काठको डुङ्गा चढेर सुर्खेत जिल्ला जाने क्रममा पल्टिएर डुङ्गा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको थियो। त्यसमा सवार पाँच जनाले पौडिएर ज्यान जोगाएका थिए।रासस

Skip This
Skip This
Logo