आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रहरीबीच झडप हुँदा मध्यपश्चिम विश्वविद्यालय तनावग्रस्त बनेको छ ।
मंगलबार साँझ विद्यार्थी र प्रहरीबीच झडप हुँदा अखिल (क्रान्तिकारी) मध्य पश्चिम विश्वविद्यालयका अध्यक्ष राज पौडेल लगायत सात जना विद्यार्थी नेताहरु घाईते भएका छन् । ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्यार्थी संगठनले पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् । संयुक्त विद्यार्थी संगठनले साउन तीन गतेदेखि विभिन्न १८ बुँदे माग राख्दै आन्दोलन गरिरहेको छ ।





























प्रतिक्रिया