पहिराेले अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

पहिराेले अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

केही दिनदेखि अवरुद्ध  हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ। 

मेलम्ची जिरोकिलो सडक खण्डको सिपाघाट नजिकैको रातो पहिरामा बाटो मर्मत गरेपछि सो राजमार्ग सञ्चालनमा आएको हो।

इन्द्रावती खोलाले बाटो कटान गरी सो सडक केही दिनदेखि अवरुद्ध भएको थियो। पहिराेका कारणले सडकमाथिको बस्ती नै जोखिम भएको भन्दै स्थानीयवासीले पहिरा सफा गर्न रोकेका थिए। 

मंगलबार बिहान स्थानीयवासी र नगरपालिकाबीच छलफल गरी सडक खुलाउने सहमति भएको र बेलुकीबाट सडक सञ्चालनमा आएको  मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताए। यो सडक बन्द हुँदा साँखु हुँदै यात्रा गर्न स्थानीयवासी बाध्य थिए। 

Skip This
Skip This
Logo