९१ लाख ९६ हजार रुपैयाँ कसको हो?

९१ लाख ९६ हजार रुपैयाँ कसको हो?

केन्द्रबिन्दु
0
Shares

९१ लाख ९६ हजार रूपैयाँसहित महानगरीय प्रहरी परिसर काठमाडौंले चार जनालाई पक्राउ गरेको छ।

प्रहरीको विशेष टोलीले तनुज इन्टरप्राइजेज प्रालि गणबहालबाट प्रालिका सञ्चालक तरुण अग्रवालसहित २५ वर्षीय नितेश श्रेष्ठ, २९ वर्षीय नरबहादुर खड्का र ३४ वर्षीय अर्जुन चौंलागाईलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट बरामद गरेको रकम कसको हो भन्ने खुलेको छैन। परिसर प्रवक्ता रमेश बस्नेतले त्यसबारे प्रहरीले अनुसन्धान भइरहेको बताए।

प्रारम्भिक अनुसन्धानको क्रममा हुन्डी गरेर उक्त रकम विदेशदेखि पठाएको खुलेको छ।

बस्नेतका अनुसार गणबहाल क्षेत्रमा हुण्डी कारोबार भइरहेको जानकारिका आधारमा प्रहरीको विशेष टोली पुगेको थियो।

प्रहरीले पक्राउ परेका चारैजना विरुद्ध थप कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ।

Skip This
Logo