स्वास्थ्य मन्त्रालयले परीक्षार्थीहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

स्वास्थ्य मन्त्रालयले परीक्षार्थीहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ।

नेपाल विद्यार्थी संघसहितका विद्यार्थी संगठनहरूले कोभिड महामारीको बेला परीक्षा सञ्चालन गरिँदा परीक्षार्थीहरूलाई खोप अनिवार्य उपलब्ध गराउन माग गरेअनुसार मन्त्रालयले उक्त निर्णय गरेको हो।

नेपाल प्रहरी अस्पताल पानी पोखरी, सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी केन्द्र बसुन्धरामा परीक्षार्थीहरूले खोप पाउने भएका हुन्।

खोपका लागि परीक्षार्थीहरूले प्रवेश पत्र भने अनिवार्य रूपमा लैजानु पर्नेछ।

सरकारले मागअनुसार खोप उपलब्ध गर्ने भएपछि नेविसंघ महामन्त्री दीपक भट्टराईले माग पूरा गरेकोमा धन्यवाद ज्ञापन गरे। उनले सरकारको कदमलाई सकारात्मक भनेका छन्। तर, यतिले मात्र नपुग्ने भन्दै सम्पूर्ण विद्यार्थीलाई चाँडो खोप उपलबध हुनुपर्ने बताए। 

शैक्षिक सत्र अन्योलमा भएकोले संकटको समयमा पनि शिक्षा र समयमा परीक्षा हुनुपर्ने बताए।

Logo