जब ‘ठग’ शाखा अधिकृत हुँदै सहसचिव बने…

जब ‘ठग’ शाखा अधिकृत हुँदै सहसचिव बने…

केन्द्रबिन्दु
0
Shares

परराष्ट्र मन्त्रालयको शाखा अधिकृत किशोर भट्ट होइनन्। सहसचिव त हुँदै होइनन्।

तर, कहिले सहसचिव त कहिले शाखा अधिकृत भनेर उनी आफूलाई चिनाउँथे। यसरी चिनाउनुको एउटै कारण खुल्यो–ठगी गर्न।

उनले थुप्रै मानिसहरूलाई मन्त्रालयको कहिले शाखा अधिकृत त कहिले सहसचिव भन्दै झुक्याएर ठगेको पाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

२६ वर्षीय उनी यसअघि पनि यस्तै प्रकृतिको अपराधमा संलग्न भएका थिए।

महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार २०७५ चैत २६ गते पक्राउ परेर एक वर्ष कैद र ३० हजार रूपैयाँ तिरेर कारागारबाट छुटेको खुलेको छ।

उनी डोटीको केआईसिंह गाउँपालिका–६ का हुन्। 

उनको साथबाट प्रहरीले सिमकार्ड, आइफोन, प्रभु बैंकको एटिएम, त्रिचन्द्र कलेजको विद्यार्थी परिचयपत्र र नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड बरामद गरेको छ।

 

Skip This
Logo