एक करोड रकमसहित ४ जना पक्राउ

एक करोड रकमसहित ४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिका-१३ ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाललगायत ४ जनालाई स्रोत नखुलेको नगद ९१ लाख ९६ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२२ गडवहालस्थित तरुणको तनुज ईन्टरनेशनल प्रालिमा अवैध रकम संकलन गरी राखेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त स्रोत नखुलेको रकम फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्दीकरण अनुसन्धान बिभाग ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । 

Skip This
Skip This
Logo