टिकटकको बढ्दो प्रयोगसँगै बिकृति छाएको त देखिएकै हो तर, टिकटक बिकृति मात्रै फैल्याउँदैन्, दुखःसुखको साथी पनि बन्न सक्छ भन्ने उदाहरण बनेको छ। टिकटक प्रयोगबाट संकलन हुने रकम जम्मा गरि पछिल्लो समय प्रयोगकर्ताहरूले समाजसेवा गर्न पनि थालेका छन्।
टिकटक प्रयोगकर्ताहरूको समूह चेली माइती नाम गरेको एक समूहले त्यस्तै एउटा नमुना काम गरेको छ।
चेली माइती नाम गरेको समूहले लमजुङका क्यान्सर पीडित आइतबहादुर र इलामका मृगौला पीडित १६ बर्षिय सन्ध्या दुर्तराजलाई समान ५१ हजार १ सय ५१ का दरले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरेको छ।
सामाजिक अभियान्ता शान्ति पाख्रिनले टिकटकमा लाईभ आउँदा पाइने विभिन्न उपहार संकलन गरि देशभरिका चेली माइती समूहमा आवद्ध टिकटक प्रयोगकर्ताहरूले जम्मा गरेका रकम पीडितहरूलाई हस्तान्तरण गरेको जानकारी दिइन्।
त्यस्तै आउँदा दिनहरूमा पनि यस समूहले दीनदुःखीहरूलाई यसरी नै सेवा गर्दै जाने समूहकी सदस्य प्रमिला कार्कीले जानकारी दिइन्।
पछिल्लो समय टिकटकबाट डलर कमाउन सकिने भएपछि प्रयोगकर्ताहरूको आकर्षण बढेको छ।































प्रतिक्रिया