स्थापना भएकाे छ वर्षपछि इलाका प्रशासनबाट नागरिकता दिन सुरु

स्थापना भएकाे छ वर्षपछि इलाका प्रशासनबाट नागरिकता दिन सुरु

केन्द्रबिन्दु
0
Shares

हुम्लाको दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरिकलाई सेवा दिने हेतुले स्थानपना भएको इलाका प्रशासन कार्यालय सर्केगाडले छ वर्षपछि आइतबारदेखि सेवा दिन सुरु गरेको छ ।

सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई नागरिकतालगायत अन्य सिफारिसका लागि तीनदेखि चार दिनको पैदल हिँडेर सिमकोट पुग्नुपर्ने बाध्यता हटोस् भन्ने उद्देश्यले इलाका प्रशासन कार्यालय स्थापना भएपछि आइतबारदेखि यहाँका नागरिकले नागरिकता पाएका छन् । 

सर्केगाड गाउँपालिकामा विसं २०७३ असार ३० गते स्थापना भएको इलाका प्रशासन कार्यालय छ वर्षपछि आधिकारिकरूपमा कार्य सञ्चालन सुरु भएको हो । चारवटा गाउँपालिकाका नागरिकलाई प्रशासनिक सेवासुविधा सहजरूपमा प्रदान होस् भन्ने उद्देश्यले गृहमन्त्रालयको निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा १३ बमोजिम कार्यालय प्रमुख उपस्थित नभएसम्मका लागि छ महिनाको कामु शाखा अधिकृतको जिम्मा नायब सुुब्बा भीमबहादुर रोकायालाई दिइएको छ ।

नागरिकता र अन्य सिफारिस लिनका लागि तीनदेखि चार दिनको पैदल हिँडेर सदरमुकाम सिमकोटमा जानुपर्ने बाध्यता भएको भए पनि आइतबार सर्केगाडमै नागरिकता पाउँदा खुशी भएको चङ्खेली गाउँपालिका–४ निवासी मनिषा रावलले बताए । 

कामु शाखा अधिकृत रोकायाले आइतबार पद सम्हालेपछि पहिलो दिन पाँच जनालाई नयाँ र दुई जनालाई प्रतिलिपि गरी सात जना सेवाग्राहीलाई सेवा दिइएको बताए । अबदेखि नागरिकता, सिफारिस, राहदानीका साथै अन्य सिफारिसका लागि इलाका प्रशासन कार्यालयमा सेवा लिन पाउने भएको रोकायाले बताए । 

Logo